Site icon Kaski Khabar

मदरल्याण्ड माविका शिक्षक थापाको निधन

मदरल्याण्ड माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मनोज थापाको ३८ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। उनलाई ब्रेन ट्युमर भएपछि भारतमा अप्रेसन भएको थियो ।
त्यसपछि केही समय निको भएपनि उनलाई त्यही समस्याले सताइ रहेको थियो । उनको निधनले विद्यालय परिवार स्तब्ध र मर्माहत बनेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताए ।
विद्यालय परिवारले थापाको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। विद्यालयले मंगलबार, कात्तिक १० गते विद्यालय परिसरमा शोकसभा आयोजना गर्ने जनाएको छ।
शोकसभामा सहभागी हुन सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीलाई अनुरोध गर्दै शोकसभापछि कक्षाहरू सञ्चालन नहुने जानकारी समेत गराएको छ।
Exit mobile version