Site icon Kaski Khabar

लेखनाथ जेसीजको रक्तदानमा २९ युनिट रगत संकलन

जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जेसीज र लेखनाथ जुनियर जेसीजको संयुक्त आयोजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिहान ७ः३० बजेबाट शुरु भएको कार्यक्रमबाट २९ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक विश्वास बरालले जानकारी दिएका छन ।

पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले रक्तदान जीवनरक्षाको पवित्र कार्य भएको वताउँदै एक व्यक्तिले दान गरेको रगतले अर्को व्यक्तिलाई जिवन दान दिन सक्ने र ‘रक्तदानमा युवाहरूको सहभागिता महत्वपूर्ण हुने वताएका थिए ।

उनले भने ”नेपाल जस्तो देशमा जहाँ रगतको अभाव हुने गर्दछ, त्यहाँ यस्ता कार्यक्रमहरूको ठूलो महत्व छ। रक्तदान न केवल स्वास्थ्यका लागि फाइदाजनक छ, तर यसले समाजमा सहयोग, मानवता र एकताको पनि सन्देश दिन्छ।”

लेखनाथ जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का वडा सदस्य विनोद प्रसाद लामिछाने, समाजसेवी उपेन्द्रराज सुवेदी, डा. विद्याभुषण ताम्राकार लगायतको उपस्थीती रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लवका महासचिव रशिसराज भण्डारीले गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार डाँडाको नाकमा बिहान ६ बजे योग तथा ध्यान कार्यक्रम र बिहान ८ बजे न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

 

Exit mobile version