Site icon Kaski Khabar

कास्कीकोट दरबारमा भित्र्याइयो फूलपाती ,राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव जारी

शाहवंशीय शासनको पहिलो दरबार कास्कीकोटमा फूलपाती भित्र्याइएको छ । राष्ट्र शान्तिको  कामना गर्दै दरबारमा नवदुर्गा महोत्सव चलिरहेको छ । शनिबार विधिवत् रूपमा पूजाआजासहित फूलपत्रको डोली प्रवेश गराइएको हो ।

कास्कीकोटमा पोखरा रामघाटबाट फूलपत्र लैजाने प्रचलन छ । फूलपत्र भित्र्याएसँगै यहाँका कुँवर जातिले सैन्य अभ्यास गर्ने सरुन खेल देखाएका थिए । गुप्तकालिका काश्यप धार्मिक क्षेत्र विकास समितिले हरेक वर्ष पुरानो रीतिलाई जोगाइराख्न प्राचीन शैलीबाटै दसैँ मनाउने गर्छ । पहिले देश र जनताको तथा राजाको भलो सोचेर गरिने तान्त्रिक तथा वैदिक पूजा यो वर्ष राष्ट्रमा भइरहेको बीपती   तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामना गरिएको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम शाहीले बताउनु भयो ।

गुप्तकालिका मन्दिरमा परापूर्वकाल देखि पर्व विशेषमा विभिन्न पूजा गर्ने चलन रहेको सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो  । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको त्रिपाठीले बताउनु भयो । कास्की दरवारको टुडीखेल – कुलमण्डल पार्क ) मा  नेपाली सेनाद्धारा पहिलो पटक फूलपाति बढाई समेतको सुरुवात गरेको छ ।  यस वर्ष १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित राष्ट्र शान्तिको  कामना गर्दै विशेष पूजा जारी रहेको छ ।

Exit mobile version