बर्दिया घर भई हाल नदिपुर बस्दै आएका ५५ वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरुङसेती फ्रेस हाउसमा मासु पोल्ने क्रममा ग्यास लिगभई आगलागी भएको प्रहरीले जानकारी दिए ।
आगलागीको खबर प्राप्त हुनासाथ नदिपुरस्थित अस्थायी प्रहरी पोस्टबाट प्रहरी वरिष्ठ हवल्दार डम्मरबहादुर भट्टको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुईवटा डीप फ्रिज र वाइफाइ राउटरमा क्षति पुगेको छ।

