पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले छोरेपाटनस्थित एक घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ३५ वर्षीय नरेन्द्र भुजको कोठाभित्र बाल्टिनमा लुकाइछिपाइ राखिएको अवस्थामा फेनेरागन ३३ एम्पुल, नुफिन ३३ एम्पुल र डाइजापाम ३३ एम्पुल गरी जम्मा ९९ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

