Site icon Kaski Khabar

पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको ज्यान गएको छ ।

पोखरा–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा ग१४प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय १६ वर्षीय युवक अनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक म्याग्दीको धौलागिरी–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। प्रहरीका अनुसार बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेका उनको अवस्था मध्यम रहेको छ ।

प्रहरीले घाइते चालक र पछाडिसवार युवकलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको थियो । अनिललाई उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोष्ट हेम्जाको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

Exit mobile version