पोखरा, २४ वैशाख । मदिरा व्यवसायी समिति पोखराले नयाँ वर्ष २०८३ को पावन अवसरमा भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। एक विशेष समारोहका बीच संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद अधिकारी, प्रेस संयोजक ऋषिराम दाहाल तथा संस्थाका पदाधिकारीहरूले संयुक्त रूपमा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थाका संस्थापक अध्यक्ष दिन दयाल पाण्डेले संस्थालाई वर्तमान उचाइसम्म पुर्याउन सम्पूर्ण सदस्यहरूको ठूलो योगदान रहेको स्मरण गरे। उनले वर्तमान कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट कार्यहरू हुनेमा आफू पूर्ण विश्वस्त रहेको विचार व्यक्त गरे। त्यस्तै, संस्थाका कानुनी सल्लाहकार विष्णुप्रसाद अधिकारीले नयाँ वर्षको शुभकामना दिँदै व्यावसायिक हकहित र संस्थागत विकासका लागि संस्था अझै सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे।
संस्थाका अध्यक्ष दुर्गा दत्त गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष ध्रुवराज बरालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव बालहरी बरालले गरेका थिए। कार्यक्रममा मदिरा व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

