नेपालमा पहिलो चोटी बनेको धार्मिक ग्रन्थमा आधारित नेपाली कथानक चलचित्र श्रीकृष्णमा सम्बाद अर्थात डाइलोक भएनी एकजना कलाकार भने बिना सम्बाद चलचित्रमा मुख्य अभिनय गरेका छन
मिती २०४८साल भाद्र महिना १२ गते का दिन पिता ठाकुर प्रसाद घिमिरे रमाता इस्वरी घिमिरेको कोखबाट भरतपुर १३ चितवन मा कान्छो सन्तानका रुपमा जन्मिएका सन्तोष हाल उनी अभिनय गरेको चलचित्र श्रीकृष्ण प्रर्दशनको तयारीमा जुटेको छ युनिट । चलचित्रको चर्चा त छदैछ त्यो भन्दा जादा चर्चा सन्तोष घिमिरेको छ हाल रङ्गबजारमा ।
सारिरिक रुपमा ठिक भएनी उनको बोली स्पष्ट नभएनी चलचित्रमा उनको अभिनय उनको अबस्था अनुसार चलचित्रमा नायक का साथी अर्थात भगबान श्रीकृष्णाका सारथि भए र श्रृषीमुनि गरि दुइरुपमा अभिनय गरेका छन ।
सानै देखि खेलखुद र कलाकारितामा रुचि रहेका घिमिरेले अभिनय गरेको पहिलो चलचित्र हो । उनी सानै देखि मेला महोत्सबहरुमा नाच्ने कलादेखाउनी गर्थे । अबसर पाए जस्तो परिस्थितिमा पनि अभिनय गर्न र क्षमता देखाउन सकिन्छ उदाहरणमा परेका छन सत्तोष ।
पढाइ र खेलकुदमा अब्बल रहेका घिमिरे अर्को चलचित्रमा समेत खेल्ने भएका छन ।
भगबान श्रीकृष्णको जन्म सँगै राक्षस कंशको अन्त्यको कथा समेटिएको चलचित्र पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान कास्कीले निर्माण गरेको हो । चलचित्रमा सन्तोष घिमिरेसँगै नवीन ढुङ्गाना , मिना भुलेज , शिब पराजुली , लगायत १०० जना भन्दा बढिको अभिनय रहेको चलचित्र निर्देशक कृष्ण प्रसाद गौतम ले गर्नु भएको छ । चलचित्रमा लगानी कृष्ण प्रसाद गौतम सँगै कृष्ण बहादुर बिश्बकर्मा, लक्ष्मी गुरुङ्ग , तुलसी अधिकारीको रहेको छ ।
नेपाल सरकारबाट सेन्सर पास भएको चलचित्र नेपालमा असारको अन्तिममा र बिदेशमा भने बेेैशाखबाट बिदेशमा देखाउनी युनिटले जानकारी दिएको छ । चलचित्र पोखराको श्रीकृष्ण चलचित्र घरमा प्रिमियर सो समेत गरि सकिएको छ ।
चलचित्र युनिट सगै सन्तोष घिमिरे ज्युलाई सफलता को शुभकामना। घिमिरेको आगामी यात्रा अजै सहज र सरल होस ।

