बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकालाई नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।

उनले नैतिक शिक्षाले मात्र बालबालिका सुसंस्कृत र असल आचरणको हुने उल्लेख गर्दै नैतिक शिक्षा र  संस्कृत शिक्षा अनिवार्य गर्न जरुरी भइसकेको उल्लेख गरे ।पोखरा २७ स्थित कृष्ण प्रणामी परमार्थ मिशन ट्रस्ट तथा सदानन्द गुरुकुल आश्रमको सातौं वार्षिकोत्सवमा उहाँले आजको शिक्षानीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएको बताए ।‘गुरुकुल आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन् । संस्कार सिकाउने कर्मस्थल हुन् ।

मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् । यिनको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हो ।’ उनले भने । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।

‘मातृभाषा, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा झनै अज्ञानी बन्दै गएको पाइन्छ । गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्रको रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उनले थपे – ‘गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ ।’

संस्थाले श्रीकृष्ण प्रणामी मन्दिर, वृन्दावन धाम, स्वामी सदानन्द गुरुकुलम्, अन्नपूर्ण भोजनालयको कुशल व्यवस्थापन गर्दै आएकोमा खुशी व्यक्त गर्दै उनले  निकट भविष्यमै प्रणामी गौशाला, प्रणामी विद्या मन्दिर, मंगल संस्कृत विद्यालय, आपतकालीन अस्पताल, प्रणामी ध्यान केन्द्र सञ्चालन गर्ने योजना बनाएकोमा सफलताको कामना पनि गरे ।संस्थाका अध्यक्ष स्वामी १०८ विष्णु वशिष्टलाई उहाँले व्यक्तिगत पाँच हजार सहयोग पनि हस्तान्तरण गरे ।

Related Articles

Leave a Reply

Back to top button