पोखरामा ३ लाख नगदसहित ११ जुवाडे पक्राउ

पोखरा–१७ ड्यासाइडबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा शनिबार राति ११ जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई नगदसहित नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–१७ मा जुवा खेलीरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले जुवाको खालबाट ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ नगद बरामद गरेको छ । नगदसहित १० बुक तास पनि प्रहरीले फेला पारेको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button