श्री झीगु नेवा छें : खलः कास्कीको खुल्ला रक्तदान कार्यक्रम

श्री झीगु नेवा छें : खलः कास्कीको खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा–११ रानीपौवामा भव्यतापूर्वक सम्पन्न भएको छ । देशको वर्तमान परिस्थिति र सम्भावित रक्तअभावलाई ध्यानमा राख्दै यसले मानवसेवा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पोखरा महानगर वडा नम्बर ११का वडा अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले पहिलो रक्तदात्ता सोनी ढेवाजुलाई रक्तको झोला हस्तान्तरण गरी गरेका थिए । “हरेक थोपा महत्वपूर्ण छ” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा जम्मा ५१युनिट रगत संकलन भएको छ ।

कार्यक्रम संयोजक सरस्वती तझयाले यसको सफलताप्रति हर्ष व्यक्त गर्दै सम्पूर्ण सहयोगी हातहरू, रक्तदाताहरू, जिल्ला पदाधिकारीहरू र रक्त बैंकका प्राविधिकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे । संस्थाको अध्यक्ष भिम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत मतब्य संस्था का उपाध्यक्ष नारायण श्रेष्ठले गरेका थिए भने कार्यक्रम संस्थाका सचिव राजेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

 

Related Articles

Back to top button