रमाइलो बनभोज कार्यक्रम सम्पन्न

लेकसाईट मदिरा संघ कास्कीको पारिबारिक एकदिने रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । यस्तो कार्यक्रमले संस्थाका सदस्य बिच चिनजान हुने र ब्यापार गर्न सजिलो हुने संस्थाका अध्यक्ष दुर्गादत्त गौतमले बताए ।कार्यक्रममा सहभागी लेकसाईट मदिरा संघ कास्कीको सदस्यहरू उत्साहपूर्वक रमाइरहेका थिए ।
दिनभर चलेको कार्यक्रममा गीत–संगीत, नृत्य, खेलकुद, सामूहिक खाना, फोटो सेसन लगायतका रमाइला गतिविधिहरू समावेश गरिएका संस्थाका सचिव बालहरी बराल ले बताए ।



