एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलनको सन्दर्भमा पत्रकार सम्मेलन सम्पन्न

राष्ट्रिय ज्ञानमाला संघ नेपाल, काठमाडौँद्वारा आयोजित एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलनभएको छ। पोखरा–३, नदीपुरस्थित धर्मशील बुद्ध विहारमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको उद्देश्य, कार्यक्रम र अपेक्षित उपलब्धिबारे जानकारी गराइएको थियो। नेपाललाई विश्वशान्तिको नायक भगवान बुद्धको जन्मभूमि भएको गौरवलाई उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको संघले जनाएको छ। सम्मेलनमा राष्ट्रिय ज्ञानमाला संघ नेपालका अध्यक्ष रमना श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विमल बहादुर शाक्य, महासचिव इन्द्रमणि शाक्य, कोषाध्यक्ष राजन भाइ शाक्य, व्यवस्थापन समिति तथा विभिन्न बौद्ध विहारका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय ज्ञानमाला संघ नेपालकी अध्यक्ष रमाना श्रेष्ठले भगवान बुद्धको उपदेशको अनुसरण गर्दै चित्त शुद्धिकरण र समाजमा शान्ति, सद्भाव तथा नैतिक मूल्यको प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागेको बताउनुभएको छ। कार्यक्रममा वक्ताहरूले भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र धर्मप्रचारको ऐतिहासिक महत्वबारे चर्चा गर्दै बुद्ध शिक्षाले विश्व शान्ति, अहिंसा र मानव कल्याणमा पुर्याएको योगदानलाई स्मरण गरे।
आजभन्दा करिब २५६८ वर्षअघि वैशाख पूर्णिमाको दिन लुम्बिनीमा जन्म लिनुभएका सिद्धार्थ गौतमले राजसी जीवन त्याग गरी कठोर तपस्या पश्चात बोधिज्ञान प्राप्त गर्नुभएको र ४५ वर्षसम्म लोककल्याणकारी धर्मको प्रचार गर्नुभएको उल्लेख गरियो। कार्यक्रम पौष २६ गते देखि २८ गते सम्म रहने छ। संघका पदाधिकारीहरूले नेपाल भगवान बुद्धको जन्मभूमि भएको गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ज्ञानमाला सम्मेलन महत्वपूर्ण हुने बताए। सम्मेलनमार्फत बुद्ध शिक्षाको व्यावहारिक पक्ष, अहिंसा, करुणा र मानव कल्याणका सन्देशलाई समाजमा फैलाउने लक्ष्य रहेको उनीहरूको भनाइ थियो।
सम्मेलनमा बुद्धका चार आर्य सत्य—दुःख सत्य, समुदय सत्य, निरोध सत्य र मार्ग सत्य—को सन्दर्भमा वर्तमान समाजमा देखिएका दुःख, अशान्ति र हिंसाको समाधान बुद्ध शिक्षामा निहित रहेको धारणा व्यक्त गरियो। सम्मेलनमा देशभरका ज्ञानमाला संघका प्रतिनिधि, बौद्ध विद्वान्, भिक्षु–भिक्षुणी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमले बौद्ध दर्शन र बुद्ध शिक्षालाई वर्तमान समाजसँग जोड्दै शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गर्ने अपेक्षा राखेको छ। भगवान बुद्धको दुर्लभ उत्पत्ति नेपालमै भएको तथ्य विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै लुम्बिनीको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार आवश्यक रहेको आयोजकले बताएको छ। सम्मेलनको अन्त्यमा आयोजक संस्थाले सम्मेलन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, सहभागी तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेको


