आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन् । दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ ।

गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन् । प्रेम भावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन् । भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा चर्चित कलाकार प्रकाश घिमिरेले साथ दिएका छन् । राजु अधिकारी, क्षेत्रबहादुर गुरुङ र नीतु परियारको समेत अभिनय रहेको गीतबाट निर्माण पक्ष आशावादी देखिन्छ ।

भिडियोको छायांकन प्रकाश गुरुङले गरेका छन् । पोखराको प्राकृतिक सुन्दरता र कलाकारहरूको अभिव्यक्तिलाई आकर्षक रूपमा कैद गर्न उनी सफल देखिन्छन् ।  गीत र भिडियो दुवै मिलेर राम्रो निर्माण भएको यो ‘झरी’ गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतलाई आशिष दियालीको अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

Related Articles

Check Also
Close
Back to top button