राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समिति र हाइकर्स क्लब नेपालको आयोजनामा कार्तिक २८ गते संगीत र पर्यटन सम्बन्धी गोष्ठी तथा २९ गते हाइकिङ कार्यक्रम–६४ कास्कीको ताङतिङ सामुदायिक होमस्टेमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय सदस्य उमेश शिवाकोटीले उद्घाटन गर्दै संगीत र पर्यटन एक अर्काको परिपूरक भएको बताए। उनले संगीत बिनाको पर्यटन र पर्यटन बिनाको संगीत अधुरो अपुरो रहने स्पष्ट पारे।
गोष्ठीपत्रका प्रस्तुतकर्ता संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीत र पर्यटनबिच नङ र मासुको सम्बन्ध रहेको उल्लेख गरे। उनले संगीत बिनाको पर्यटन कल्पनासमेत गर्न नसकिने जानकारी दिए।
उक्त कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, मानार्थ सदस्य प्रेमबहादुर रोकाहा, होमस्टे महासंघ गण्डकी प्रदेशका सदस्य यमबहादुर गुरुङ र ताङतिङ सामुदायिक होमस्टेका अध्यक्ष तिलसुब्बा गुरुङको विशेष उपस्थिति रहेको थियो।
मादीगाउँपालिका २ स्थित वडा कार्यालय भवनको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, हाइकर्स क्लब नेपालका पदाधिकारी तथा सदस्यहरु लगायत होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो।
मादीगाउँपालिका २ स्थित वडा कार्यालय भवनको सभाहलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, हाइकर्स क्लब नेपालका पदाधिकारी तथा सदस्यहरु लगायत होमस्टे सञ्चालकहरुको सहभागिता रहेको थियो । मिडिया पार्टनरका रूपमा आदर्श समाज दैनिक, दरबार न्यूज डटकम, नौलो खबर डटकम र कास्की खबर डटकम रहेका थिए ।
संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकाल र क्लबका अध्यक्ष कृष्ण रानाभाटको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका द्वितिय उपाध्यक्ष सागर कार्कीले गरेका थिए ।
दोस्रो दिन आयोजित हाइकिङ कार्यक्रम अन्तर्गत सहभागीहरूले ताङतिङ गाउँमा रहेको सेल्फी डाँडा, झरना, गुम्बाहरु लगाएत नजिकका रमणीय पदमार्ग हुँदै प्राकृतिक सौन्दर्यको अवलोकनमा केन्द्रित रहेको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले वताए ।हरेक महिनाको अन्तिम शनिबार विगत ७ वर्ष देखि निरन्तर आयोजना हुदै आएको हाइकिङ कार्यक्रममा पर्यटकीय गाउँहरुको प्रबद्र्धन गर्न सहभागी स्वयम्ले आफ्नो खर्च व्यहोर्दै आएका छन् । यस अगाडि मादी गाउँपालिको याङ्जाकोट, सिक्लेस, थाक लगाएतका गाउँहरुमा हाइकर्स क्लब पुगिसकेको छ ।

