पोखरामा स्वरूप परिवर्तन (मोडिफाई) गरी सवारीसाधन चलाउने चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, साइलेंसरबाट आगोको झिल्का निकाल्ने, समाजमा आतंक फैलाउने र प्रहरीसँग विवाद गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरी कानूनी कारबाही अघि कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१० बुद्दचोक बस्ने २१ वर्षीय सुवास कार्की, पोखरा–३ बस्ने २५ वर्षीय एल्बिन पुन, पोखरा–६ बस्ने २६ वर्षीय सन्जिव दुवाडी र पोखरा–५ प्रस्याङ बस्ने २९ वर्षीय अमृत चापागाई रहेका छन्।
उनीहरूले चलाएका क्रमशः ग १२ प ९८३२, ग २४ प ४४६६, ग १४ प ८३९९, र ग ९ प ६०१३ नम्बरका मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
सहरमा ध्वनी प्रदूषण मात्र होइन, सर्वसाधारणमा त्रास फैलाउने कार्य भइरहेकोले कडाइका साथ कारबाही अगाडी बढाएको बस्नेतले बताए ।
त्यस्तो गरेको देखेमा नजिकको प्रहरी कार्यालय, नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरीका अनुसार सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम गरिनेछ।

