Site icon Kaski Khabar

जन्मदिनमै रु. १ लाख १ रुपैयाँको अक्षयकोष स्थापना, विद्यार्थीलाई पोसाक र ट्र्याकसुट वितरण

समाजसेवामा सक्रिय देखिँदै आएका लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पुस्पराज त्रिपाठीले आफ्नो जन्मदिनलाई सामाजिक सदुपयोग गर्ने अभिप्रायले विशेष दिनलाई यादगार बनाएका छन्। उनले लेखनाथ आधारभूत विद्यालयमा रु. १,००,००१/- बराबरको अक्षयकोष स्थापना गरी विद्यालय र विद्यार्थी हितमा उल्लेखनीय योगदान गरेका हुन्।

अक्षयकोषको स्थापना मात्र नभई, सोही अवसरमा सात जना विद्यार्थीलाई विद्यालय पोसाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट समेत हस्तान्तरण गरिएको विद्यालय प्रशासनले जनाएको छ। यस कदमले विद्यार्थीहरूको शैक्षिक यात्रामा उत्साह थप्ने विश्वास गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्टिक ३२५ ऐम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल रहेका थिए।

उनले त्रिपाठीको समाजसेवी भावनाको प्रशंसा गर्दै यस्ता उदाहरणीय कार्यहरूले विद्यालय मात्र नभई सम्पूर्ण समुदायलाई प्रेरित गर्ने बताए।
विशेष अतिथिमा क्लस्टर–३ प्रमुख दिलु तिवारी, समाजसेवी दिनेश बाबु खड्का, नारायण अधिकारी, चन्द्रा शर्मा लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, स्थानीय अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

विद्यालय परिवारले त्रिपाठीप्रति आभार व्यक्त गर्दै उक्त अक्षयकोषले भविष्यमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

Exit mobile version