पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले आफ्नो नीजि गाडीलाई वडाका बिरामी हुँदा २४ घण्टा एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने बताएका छन् ।
त्यसै गरी उनले वडा बासीको मृत्यु भएमा शव वहानको रुपमा गाडी प्रयोग गर्ने बताएका छन् । बुधबार पोखरा २६ मा भएको सार्वजनी सुनुवाइ कार्यक्रममा एम्बुलेन्स र शव वहानको रुपमा प्रयोग गर्न दिने घोषणा गरे ।
कोही बिरामी भएर वा मृत्यु भएर गाडीको आवश्यकता परेमा आँफुलाई सम्पर्क गर्न सार्वजनिक सुनुवाईमा वडाबासीलाई सार्वजानिक रुपमा आब्हान गरे ।
उनले विरामी पर्दा अरु गाडी पाएन, आफ्न्तको मृत्यु हुदाँ सवारी साधन पाएन भने मलाई सम्र्पक गर्नुहोस् ।

