लेखनाथमा त्रिदिवसीय योग दिवस

लेखनाथ ।
गरौं योग रहौं निरोगी भन्ने मुल नाराका साथ कास्कीको लेखनाथमा रहेको शिदेश्वर योग ध्यान केन्द्र पोखरा – २६ ले त्रिदिवसिय रुपमा ११ औं अन्तराष्ट्रिय योग दिवस मनाउने भएको छ ।
अन्तराष्ट्रिय योग दिसवका अवसरमा शुक्रवार देखि सुरु भएको कार्यक्रमको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले तनावपुर्ण जिवन सैलीलाई ब्यवस्थापन गर्नका लागि योग अचुक विधी भएकाले वाल देखि बृद्ध अवस्थामा योग अभ्यास अनिवार्य भएको धारणा राखेका थिए । साथै उनले सकरात्म सोच,तनवमुत्त जिवनसैली,निरोगी पनका वारेमा योग अभ्यासले औषधीको काम गर्ने भएकाले सवैले योगलाई प्रथामिकता दिनका लागि अनुरोध गरेका थिए ।
सोही कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु शर्माले आफनो शरिरका लागि कम्तीमा पनि एक घण्टा शारिरिक अभ्यासमा जोडिन आग्रह गरेका थिए भने देश,समाज र घरपरिवार परिवर्तनका लागि पहिला आफैवाट परिवर्तनको थालनी गर्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा योग प्रशिक्षक विश्वराज अधिकारीले निरोगी वन्नका लागि हस्पिटल धाउनु सट्टा नियमित योग साधना गर्नेहो भने हाम्रो शरिरबाट उत्पन्न हुने ५० प्रतिशत रोग निवारण गर्न सकिनृ तर्क राखेका थिए ।
शिदेश्वर योग ध्यान केन्द्र पोखरा – २६ का अध्यक्ष मन कुमारी वरालको अध्यक्षतामा भएको कार्यक्रममा योग साधक राजेन्द्र प्रसाद रानाभाट,सिता वस्ताकोटी,अमृता वराल,हरिमाया के शी,लक्ष्मी थापा,मिना क्षेत्री,दिर्घनाथ ढुगाना,कमला वराल लगाएतले योग अभ्यासका कारण आफुमा भएका समस्याहरु विस्तारै निवारण हुदै गएको अनुभव सुनाएका थिए ।
त्रिदिवसिय योग दिवस अन्तरगत शुक्रवार उद्घाटन,शनिवार भान्छा सुधार र आईतवार गण्डकी आयुवेद औषधालयको प्राविधिक सल्लाहामा स्वास्थ्य सिविरको आयोजना गरिएको योग प्रशिक्षक विश्वराज अधिकारीले जानकारी दिएका छन् ।



