Site icon Kaski Khabar

अत्यधिक गर्मीले तराई क्षेत्रका विद्यालय धमाधम बन्द

वीरगञ्ज /

अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । “अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौंँ,” उहाँले भन्नुभयो, “असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।”

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ । त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगर अन्तरगतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ ।

यसैगरि विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा आज जारी गर्नुभएको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।
Exit mobile version