Site icon Kaski Khabar

पोखरामा बाइक मोडिफाई गरि चलाउने ३५ ओटा सवारी साधन प्रहरी नियन्त्रणमा

पोखरा /

पोखरामा बाइक मोडिफाई (स्वरुप परिवर्तन) गरि चलाउने ३५ ओटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

गएको बैशाख १ गते बाट आज १४ गते सम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा उक्त सङख्याका बाइक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

नियन्त्रणमा लिइएका बाइकहरुले चर्को आवाज निकाल्ने र स्वरुपनै परिर्वतन गरि चलाएको अवस्थामा चेकजाँच गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका बाइकहरुलाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरीले जनाएको छ ।

 

Exit mobile version