पोउवा संघको निर्वाचनमा २२ सय ५१ मत खस्यो, ७ सय अनुपस्थित
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि भएको मतदान सकिएको छ ।
शनिबार बिहानैबाट सुरु भएको मतदानमा २२ सय ५१ मत खसेको जनाइएको छ । पोखरा उद्योग वाणिज्य संघको मतदाताको कूल संख्या २ हजार ९ सय ७ जना छन् । ७७ प्रतिशत मत खसेको हो ।
मतदानमा करिब ७ सय जना अनुपस्थित भए । मतगणना आइतबार बिहान ८ बजेटबाट सुरु गरिने निर्वाचन मण्डलले जनाएको छ ।
संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल प्यानल र गोकर्ण कार्की चुनावी प्रतिष्पर्धामा छन् ।