राष्ट्रिय सङ्गीतकर्मी संघ स्याङ्जाको चौथो अधिवेशनमा बुद्धिबहादुर परियार चयन

स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टा सम्मान गरिएको छ । “हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नारासहित राष्ट्रिय सङ्गीत कर्मी संघ स्याङ्जाले आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवं स्रष्टालाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका संस्थापक अध्यक्ष एवं पत्रकार गोपाल जिटी, प्रतिष्ठानका पूर्व अध्यक्ष अर्जुन गैहे« र लोक दोहोरी गायीका मीना अधिकारी सम्मान पत्रद्वारा सम्मानित भएका हुन् ।

२०४९ देखि २०५३ सालसम्म रेडियो नेपालका गायक एवं पत्रकार जिटीका वालिङ बजार, सम्झना मनभरी, डाली बसी, सलल यो आँधीखोला, डोरी छिन्छकि, रुपकि रानीलगायत चर्चित गीत हुन् भने प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष हुन् । यसैगरी पेशाले शिक्षक गैहे« स्याङ्जाली नानी, जिउँदै मरियो, भैंसी पालेरलगायतका चर्चित गीतका गायक एवं स्रष्टा तथा प्रतिष्ठानका पूर्व अध्यक्ष हुन् । यस्तै गोलभेडाको चटनी, माइतीको आँगनलगायत दर्जनौ चर्चित गीतमा आवाज दिएकी अधिकारी लाइभ दोहोरीमा व्यस्त गायीका हुन् ।
कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले पर्दा पछाडि र अगाडि रहेका सबै कलाकर्मीको आवद्धता रहेको बताउनुभयो । उहाँले यो संघ लोक, आधुनिक, गजल, पप गायक गायीका तथा नृत्य एवम् अभिनय क्षेत्रमा क्रियाशील कलाकर्मीहरुको छाता संगठन रहेको उल्लेख गर्नुभयो । गाउँ घरका दूरदराजमा रहेका र पर्दा पछाडि परेकाहरुलाई अगाडि ल्याउन संघले भूमिका खेल्दै आएको संघका गण्डकी प्रदेश अध्यक्ष ढकालको भनाई छ । अग्रजहरुको सम्मान र नव प्रतिभालाई प्रोत्साहन गर्दै कलाकर्मीहरुको हित र वृहत्तर विकास नै संघको मुख्य उद्देश्य रहेको उहाँले व्यक्त गर्नुभयो ।

संघको चौथो अधिवेशनले आगामी दुइवर्षे कार्यकालका लागि बुद्धिबहादुर परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको  छ । यसैगरी संघको उपाध्यक्षमा दुत प्रसाद नेपाली ,सचिवः राधिका दोरंगा,सह-सचिवः सिता भुजेल,कोषाध्यक्ष: सुमित्रा दोरंगा,सदस्यहरु: पवित्रा मराशिनी,देवी दोरंगा (नेपाल),कृष्ण बहादर आले वि.क,जीवन परियार,राजेन्द्र परियार,रेशम परियार,सावित्री शर्मा मराशिनी,शोभा वि.क,विक्रम परियार,युवराज परियारनयाँ कार्य समिति चयन भएको आयोजकले जनाएको ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button