पोखरामा जुवातास खेल्ने ८ जना १ लाख २१ हजार सहित पक्राउ

पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोल स्थितमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ बगाले टोल स्थित गोबर्धन कुँवरको घरमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट १ लाख २१ हजार ४ सय २५ र १ बुक तास सहित पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ४ गणेश टोलका यम बहादुर गौतम, पोखरा ६ का कृष्ण बस्नेत, आकाश केसी, पोखरा ८ का लक्ष्मण कुँवर, महेन्द्र कुँवर, राम यादव, राम प्रवेश राम र बसन्त कुँवर रहेका छन् ।

Related Articles

Back to top button