लामाचौरमा खुल्ला पुरुष भलिवल तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने

अर्जुन हिताङ/हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष खुल्ला पुरुष भलिवल तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा यही भदौं ७ गते देखि १० गतसम्म उक्त प्रतियोगिता हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

खुल्ला पुरुष तर्फ यस बर्ष करिब ८ टिम सहभागि हुने भएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले बताउनु भयो । उहाँका अनुसार विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ, नेपाली सेना, स्याङजा, कास्की माचापुच्छ«े, जिएम समाज, पोखरा १९ को एक टिम प्रतियोगितामा सहभागि हुने भएको केही टिम एक दुई दिनमा टुंगो लाग्ने उहाँले जनाउनु भयो । एनभिए कपमा सहभागि एका ३ जनासम्म खेलाडीहरु एउटा टिममा खेल्न पाउने भएकाछन् ।

त्यसै गरी गत बर्षको तुलनामा पुरस्कार राषिमा समेत दोब्बरले बृद्धि गरी विजेतालाई ३ लाख पुरस्कार प्रदान गरिने भएको प्रचार संयोजक बिष्णुप्रसाद गौतमले बताउनु भयो । उपविजेतालाई भने १ लाख ५० हजार प्रदान गरिने भएको छ । गत बर्ष महिला तथा पुरुष तर्फको टिमले जनही १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका थिए । बिद्यालयस्तरबाट महिला भलिवल खेलको विकास गर्ने उद्धेश्यले यस बर्ष देखि अन्तर–विद्यालय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

Related Articles

Back to top button