कास्कीमा दुर्लभ चमत्कार: पहिलो बेतको भैंसीले जन्माइन् दुई सन्तान, गाउँमा खुशीको माहोल

आर.एन ढकाल रघू/ कास्की जिल्ला, मादी गाउँपालिका–१२ मा शुक्रबार बिहान एउटा यस्तो घटना घट्यो, जसले गाउँभरि मात्र होइन, वरपरका बस्तीमा पनि चासो र खुशीको लहर फैलाइदियो। स्थानीय किसान सोमलाल बरालको गोठमा रहेको पहिलो बेतको भैंसीले एकैपटक दुई सन्तान — एउटा पाडा र एउटा पाडी — जन्माइन्।
दुवै बाछाबाछी पूर्ण रूपमा स्वच्छ, स्वस्थ र फुर्तिला छन्। बिहानैदेखि यो अद्भुत दृश्य हेर्न गाउँका मानिसहरू बरालको गोठमा भेला भइरहेका छन्। धेरैले मोबाइलमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छन्, जसले गर्दा यो खबर छिट्टै वरपरका गाउँ र बजारमा फैलिएको छ।
पशुपालक सोमलाल बराल भन्छन्,- “म जन्मिँदादेखि भैंसी पाल्दै आएको मानिस हुँ, तर यस्तो घटना पहिलो पटक देखेको हुँ। पहिलो बेतको भैंसीबाट दुई सन्तान हुनु साँच्चै अद्भुत कुरा हो। यसले हाम्रो गोठको रौनक नै बढाइदिएको छ।”
बरालका अनुसार, प्रसवअघि भैंसी स्वस्थ र सामान्य अवस्थामा थिई, तर प्रसवको समयमा दुबै बाछाबाछी जीवित र फुर्तिला निस्किएपछि उनलाई अचम्म र खुशी दुवै लागेको हो।
स्थानीय पशु स्वास्थ्य चौकीका पशु चिकित्सकहरूका अनुसार, भैंसीले एकैपटक दुई सन्तान जन्माउने घटना अत्यन्तै दुर्लभ हुन्छ।
डाक्टरहरूको भनाइमा,> “यो प्राकृतिक रूपमा कहिलेकाहीँ मात्र हुने प्रक्रिया हो। यस्तो अवस्थामा दुवै सन्तान पूर्ण स्वस्थ हुनु अझै कम देखिने कुरा हो।
”याे भिडियाे पनि हेर्नु [गिरेन्द्र गुरूङ]



